२०८३ भाद्र १७ गते बुधवार | 2026 September 2nd Wednesday

सकियो रवि लामिछानेको थुनछेक बहस, आदेशबारे के छ तयारी ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता रवि लामिछानेको थुनछेक बहस चितवन जिल्ला अदालतमा सकिएको छ। न्यायाधीश दयाराम ढकालको इजलासमा भएको यस बहससँगै जवाफी बहस पनि सकिएको हो, र अब आदेश जारी हुने तयारी छ।

लामिछाने साहारा चितवन सहकारीको ठगी प्रकरणमा बयान दिन अदालत उपस्थित भएका थिए। थुनछेक बहस नसकिएपछि उनलाई प्रहरीको जिम्मा लगाइएको थियो।

सरकारी पक्षको तर्फबाट बारा जिल्लाका जिल्ला न्यायाधिवक्ता शम्भु कुमार बस्नेत, पर्सा जिल्लाका भोलानाथ निरौला र धादिङ्ग जिल्लाका दशरथ पंगेनीले बहस गरेका थिए। भने, जाहेरवालाहरूको तर्फबाट वरिष्ठ अधिवक्ताद्वय दिनेश त्रिपाठी र राजकुमार श्रेष्ठ, साथै अधिवक्ताहरू रामचन्द्र गौतम, सुनिता अधिकारी र सुरेन्द्र भण्डारीले बहस गरेका थिए।

लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता सुशिल कुमार पन्तले बहसको पक्ष राखेका थिए।

प्रकाशित मिति : २०८१ माघ २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस