२०८३ भाद्र १७ गते बुधवार | 2026 September 2nd Wednesday

काठमाडौं आउँदै गरेको गाडी सिन्धुलीमा दुर्घटना, चालकको मृत्यु

"One killed and 12 injured in a bus accident in Sindhuli."

काठमाडौं । झापाबाट काठमाडौं आउँदै गरेको निजी ईभी गाडी सिन्धुलीको गोलञ्जोर गाउँपालिका–५ मा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दोलखाका २७ वर्षीय सुशान्त नेपालीको घटनास्थलमै मृत्यु भएको हो ।

विपी राजमार्गबाट ४ सय मिटर तल खसेको गाडीमा ५ जना घाइते भएका छन् । मोरङका ३४ वर्षीय देवी लिम्बू गम्भीर घाइते छन् भने अन्य चार जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

गाडी तीव्र गतिका कारण अनियन्त्रित भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित मिति : २०८१ माघ २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस