२०८३ भाद्र १७ गते बुधवार | 2026 September 2nd Wednesday

सुर्खेत बस दुर्घटना (अपडेट) : ४० सवार, ३६ जना घाइते

सुर्खेत । भारतको प्रयागराजमा जारी महाकुम्भ मेला जान जाँदै गरेको बस सुर्खेतमा दुर्घटनामा परेको छ। रत्न राजमार्गको बबई–हर्रे सडक खण्डको बबईदेखि एक किलोमिटर उत्तर–पश्चिम हर्रेतर्फ सानु खोला क्षेत्रमा भे १ ख ४३३१ नम्बरको बस सडकबाट तल खसेको हो।

घटनामा ३६ जना घाइते भएका छन्, जसलाई उद्दार गरी उपचारका लागि मेडिकल कलेज कोहलपुर पठाइएको छ। हालसम्म घाइतेहरूको अवस्था र थप विवरण प्राप्त भएको छैन, तर सबैलाई अस्पतालमा पठाइसकिएको प्रहरीले जनाएको छ। घटनास्थलमा प्रहरी टोली खटिएको छ र अनुसन्धान जारी छ।

बसमा करिब ४० जना यात्री सवार थिए, र दुर्घटना आइतबार साँझ साढे पाँच बजेतिर भएको बताइएको छ। घटनाको थप विवरणको पर्खाइ भइरहेको छ।

प्रकाशित मिति : २०८१ माघ २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस