बाँके । बाँकेको बैजनाथ गाउँपालिका–८ स्थित पुष्पनगर बीचलाइनमा भएको ‘ग्याङ फाइट’मा खुकुरी प्रहारबाट घाइते भएका स्थानीय दिनेश रोकायाको मृत्यु भएको छ। रोकायाको उपचारका क्रममा भारतको लखनउमा मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार स्थानीय युवा सुवास बुढाको बिहेपछि दुलही भित्र्याउने क्रममा मदिराले उग्र बनेका युवाबीच विवाद भएपछि ग्याङ फाइट भएको थियो। नाचगान चलिरहेका बेला दुलाहाको भिनाजु रामबहादुर रानाको समूह र छिमेकी युवक दिनेश रोकायाको समूहबीच झडप हुँदा कुटपिट भएको थियो। झडपकै क्रममा रानाले खुकुरी प्रहार गर्दा रोकाया गम्भीर घाइते भएका थिए।
प्रहरी प्रवक्ता डिएसपी आयुषप्रसाद जोशीका अनुसार रोकायाको आइतबार लखनउमा उपचारको क्रममा मृत्यु भएको हो। घटनामा अन्य ५ जना घाइते भएका छन्, जसको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ।
प्रहरीले हत्यामा संलग्न आरोपमा दुलाहाको भिनाजु ३५ वर्षीय रामबहादुर राना सहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३० वर्षीया मनीषा राना, १८ वर्षीय भिजन नेपाली, २९ वर्षीय हिमबहादुर बुढा, २७ वर्षीय अमृता डाँगी र १८ वर्षीय सुजन बुढा रहेका छन्।
घटनामा संलग्न पक्राउ परेकाहरूलाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाए

