२०८३ भाद्र १७ गते बुधवार | 2026 September 2nd Wednesday

बुढानीलकण्ठ : मध्यरातमा प्रहरीको छापा, गम्भीर आरोपमा २३ भारतीय समातिए

काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ स्थित एक घरमा छापा मारी २३ जना पक्राउ गरिएको छ। प्रहरीको अनुसन्धानमा भारतीय नागरिकहरूको संलग्नता पुष्टि भएको छ। प्रहरीले छापा मार्दा ८८ वटा मोबाइल फोन, १० वटा ल्यापटप र ८१ हजार नगद बरामद गरेको जनाएको छ। पक्राउ परेकाहरू बिहारको बांका जिल्लाका नागरिक हुन्।

उनीहरूले ‘लोटस’ नामक अनलाइन बेटिङ साइट मार्फत सट्टेबाजी गराउँदै आएका थिए। प्रहरीले हाल अनुसन्धान जारी राखेको छ र डिभाइसको परीक्षण गर्न बाँकी रहेको छ। प्रहरीले मुलुकी अपराध संहिता २०७४ अन्तर्गत सट्टेबाजीमा संलग्न भएको आरोपमा म्याद थपको तयारी गरेको छ।

प्रकाशित मिति : २०८१ माघ २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस