२०८३ साउन १३ गते बुधवार | 2026 July 29th Wednesday

अब पाँच वर्ष एउटै विद्यालयमा काम गरेका शिक्षकहरुको सरुवा गरिने

२८ माघ, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले पाँच वर्ष एउटै विद्यालयमा अध्यापन गरेका सामुदायिक विद्यालयका शिक्षकको सरुवा गर्ने भएको छ ।

पूर्वप्रधानाअध्यापक, पाँच वर्ष एउटै विद्यालयमा बिताएका शिक्षक, नगर सिकाइ सहयोग अनुदानमा कार्यरत शिक्षक, राहत अनुदानमा कार्यरत शिक्षक र बालविकास शिक्षकको सरुवा गर्ने निर्णय कार्यपालिकाले गरेको हो । नगर क्षेत्रभित्रकै विद्यालयमा सरुवा गरिनेसमेत नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०८१ माघ २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस