२०८३ भाद्र १७ गते बुधवार | 2026 September 2nd Wednesday

बालेनलाई हिटलरको संज्ञा दिएका अमरेश ब्याकफुटमा, भन्छन्ः मैले बालेनको विरोध गरेको छैन

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले आफू काठमाडौंका गरिबको पक्षमा भएको र मेयर बालेन शाहको विरोधमा नभएको बताए।

मंगलबार संघीय संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताए।

सोमबारको प्रतिनिधिसभा बैठकमा सिंहले बालेनलाई हिटलर भन्दै नाजीवादी शैलीमा गरिबमाथि अन्याय गरेको आरोप लगाएका थिए।

‘कानुन सबैका लागि बराबर हो। म जनताको पक्षमा छु, बालेनको विरोधमा होइन,’ सिंहले भने।

उनले गरिबको पक्षमा बोल्ने प्रतिज्ञा गरे, ‘गरिबलाई भएको बेथितिविरुद्ध म साथ दिन्छु, बालेनको राम्रो काममा सहयोग गर्छु, तर गरिबलाई पिट्ने, तरकारी फाल्नेको विरोधमा म लड्छु।’

प्रकाशित मिति : २०८१ माघ २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस