२०८३ भाद्र १७ गते बुधवार | 2026 September 2nd Wednesday

बबरमहलमा बाढीको वितण्डा, विशेष अदालतसँगै सडक जलमग्न

काठमाडौँ । बबरमहलमा पानीको वितण्डा मच्चिएको छ। पाइप फुटेर पानी पसेपछि विशेष अदालतलगायत सरकारी भवनहरू जलमग्न भएका छन्। सडकमा बाढीजस्तो पानी जम्दा यातायात प्रभावित भएको छ।

बबरमहलको सडकमा रहेको पानीको पाइप फुटेपछि बगेको पानी सरकारी भवन परिसरसम्म पुगेको हो। सडक र भवन परिसर जलमग्न हुँदा त्यहाँ रहेका सवारी साधन डुबेका छन् भने आवतजावतमा समस्या भएको छ।

फुटेको पाइपबाट आएको फोहोर पानी सडकभरि फैलिँदा पैदलयात्रुहरूलाई हिँडडुल गर्न गाह्रो भएको छ। यातायात अवरुद्ध भएपछि यात्रुहरू अलपत्र परेका छन्।

स्थिति नियन्त्रण गर्न ट्राफिक प्रहरीले वैकल्पिक मार्गको व्यवस्था मिलाइरहेको छ।

प्रकाशित मिति : २०८१ माघ ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस