काठमाडौं । बबरमहलमा मेलम्चीको मुख्य पाइप फुटेपछि सरकारी कार्यालयहरू जलमग्न भएका छन्। काठमाडौं जिल्ला अदालतअगाडि पाइप फुट्दा वन परिसर, विशेष अदालत, र जिल्ला अदालतमा पानी पसेको छ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईका अनुसार मेलम्चीको वितरण प्रणालीको ठूला पाइपमध्ये एक फुटेको हो। घटनापछि पानीको आपूर्ति रोकिएको छ, जसले केही समयमै जलमग्न अवस्था हट्ने उनले जनाए।
प्रहरीका अनुसार पाइप फुट्नको कारण सम्भवतः तेस्रो पक्षको गतिविधि हुनसक्छ। घटनास्थलमा नेपाल प्रहरी र महानगर प्रहरी परिचालन गरिएको छ। अहिले पानीको आपूर्ति रोकिनुका कारण काठमाडौंका विभिन्न क्षेत्रको खानेपानी सेवा प्रभावित हुने सम्भावना छ।
प्रकाशित मिति : २०८१ माघ ३० गते बुधवार

