काठमाडौं । जुम्लामा बुधबार लगातार दोस्रोपटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो ३ बजेर ३८ मिनेटमा दोस्रो भूकम्प गएको हो।
पातमारा केन्द्रविन्दु भएर गएको भूकम्पको तीव्रता ४.१ म्याग्निच्युड रहेको थियो। यसअघि आजै बिहान ११ बजेर ५६ मिनेट जाँदा जुम्ला नै केन्द्रबिन्दु भएर भूकम्प गएको थियो। उर्थु चौतारा केन्द्रबिन्दु रहेको सो भूकम्पको तीव्रता ३.८ म्याग्निच्युडको थियो।
जुम्लाको उर्थु चौतारा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। बुधबार बिहान ११:५६ बजे ३.८ रिक्टर स्केलको भूकम्प गएको हो।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यो भूकम्पको स्थानीय परिमाण ३.८ को रहेको छ। हालसम्म कुनै क्षति वा प्रभावको विवरण प्राप्त भएको छैन।
प्रकाशित मिति : २०८१ माघ ३० गते बुधवार

