काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले नेपाल विद्युत् प्राधिकरणको समन्वयविहीन कामका कारण मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेको बताएका छन्। बबरमहल पुगेका मन्त्री यादवले प्राधिकरणले अनुमति नलिई लाइन बिछ्याउँदा दुर्घटना भएको बताए। ‘सबै पाइपको पानी सकिएपछि मात्रै पानी रोकिन्छ,’ उनले भने।
प्रकाशित मिति : २०८१ माघ ३० गते बुधवार

