२०८३ भाद्र १७ गते बुधवार | 2026 September 2nd Wednesday

काठमाडौंमा अचानक सडक भासियो, कारण खुल्यो!

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइप फुट्दा बबरमहल क्षेत्रको सडक भासिएको छ। पानीको ठूलो बहावले सडक भासिएपछि यातायात रोकिएको छ र सवारी साधनहरू डाइभर्ट गरिएको छ।

बाढी पसेपछि सरकारी कार्यालयहरू तथा वन परिसरपछाडि रहेको बस्ती डुबानमा परेको छ। मेलम्ची खानेपानी परियोजना कार्यान्वयन इकाइले नेपाल विद्युत् प्राधिकरणले बिजुलीको तार भूमिगत गर्ने क्रममा पाइप फुटेको जनाएको छ।

प्रकाशित मिति : २०८१ माघ ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस