२०८३ भाद्र १७ गते बुधवार | 2026 September 2nd Wednesday

२४ घण्टाअघि बन्यो बबरमहलको खानेपानी

नेपाल विद्युत प्राधिकरणले विद्युतका तार अण्डर ग्राउण्ड गर्नका लागि होरिजेन्टल ड्रिलिङ गर्दा बुधबार बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेको थियो। उक्त पाइप मर्मत कार्य २० घण्टामा सम्पन्न भएको छ।

खानेपानी मन्त्री प्रदीप यादवको निर्देशनपछि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले मर्मत कार्यको जानकारी दिएका छन्। उहाँले भने, “पाइप फुटेपछि मन्त्रीको निर्देशनअनुसार हामीले गएरातिबाट मर्मत कार्य सुरु गरेका थियौँ। अहिले मर्मत कार्य सकिएको र पानी परीक्षण भएको छ। परीक्षण पछि पानी वितरण प्रक्रिया सुरु हुनेछ।”

खानेपानी मन्त्री यादवले भने, “विद्युत प्राधिकरणले मन्त्रालय र मातहतका निकायसँग समन्वय नगरेको कारण बबरमहल क्षेत्रमा क्षति भएको हो।”

प्रकाशित मिति : २०८१ फाल्गुन १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस