काठमाडौं । पोखरा भ्रमण वर्ष उद्घाटन समारोहका क्रममा बेलुन विस्फोट हुँदा घाइते भएका उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र मेयर धनराज आचार्यको उपचार काठमाडौंस्थित बर्न अस्पतालमा हुने भएको छ।
शनिबार घटनापछि उनीहरुलाई तुरुन्तै हेलिकप्टरमार्फत काठमाडौं ल्याइएका थियो। उनीहरूलाई कीर्तिपुरस्थित बर्न अस्पताल पठाइएको छ।
पौडेललाई गण्डकी मेडिकल कलेज र आचार्यको फिस्टेल अस्पतालमा प्राथमिक उपचारपछि रेफर गरिएको हो। विस्फोटका कारण दुबैको अनुहार जलेको छ।
प्रकाशित मिति : २०८१ फाल्गुन ३ गते शनिवार

