काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको उपचार सुरु भएको छ। दुवै घाइतेलाई काठमाडौंको बर्न अस्पतालमा उपचार भइरहेको छ।
पोखरामा ‘पोखरा भ्रमण वर्ष’ उद्घाटन कार्यक्रममा बेलुन फुटेर आगो लागेपछि पौडेलको हात र आचार्यको अनुहार र कपालको केही भाग जलेको थियो।
प्राथमिक उपचारपछि दुवैलाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको कास्की जिल्ला प्रहरी कार्यालयका एसपी श्यामनाथ ओलियाले जानकारी दिएका छन्।
प्रकाशित मिति : २०८१ फाल्गुन ३ गते शनिवार

