२०८३ भाद्र १७ गते बुधवार | 2026 September 2nd Wednesday

प्रहरी प्रधान कार्यालयले १४ डीएसपीको काज सरुवा गर्यो

काठमाडौं । प्रहरी प्रधान कार्यालयले १४ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरूको काज सरुवा गरेको छ। सरुवामा जिल्ला प्रमुखदेखि इलाका प्रमुखसम्म परेका छन्।

डीएसपी हेमबहादुर शाहीलाई जिल्ला प्रहरी कार्यालय रसुवाको प्रमुखमा पठाइएको छ भने त्यहाँ कार्यरत डीएसपी केशव भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ।

डीएसपी रवीन्द्र खनाललाई जिल्ला प्रहरी कार्यालय चितवनमा, मीन बहादुर लामालाई प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागमा, र जेशी साहलाई कारागार सुरक्षा कार्यालय सुन्धारामा सरुवा गरिएको छ।

त्यस्तै, डीएसपी जीवन निरौला जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासी, निरन्जन थापा वृत्त महाराजगञ्ज, कृष्ण चन्द प्रहरी वृत्त जनसेवा, र खगेन्द्रबहादुर खड्का झापा पठाइएका छन्।

विकास थापा इलाका प्रहरी कार्यालय गजुरी धादिङ, ज्ञानकुमार महतो जिल्ला प्रहरी कार्यालय दोलखा, राजन लामा इलाका प्रहरी कार्यालय काँकडभिट्टा, इन्द्रबहादुर राना इलाका प्रहरी कार्यालय बुटवल, र विजयराज पण्डित गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा भएका छन्।

प्रकाशित मिति : २०८१ फाल्गुन ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस