काठमाडौं । अमेरिकी सरकारले नेपालका लागि छुट्याएको ५ अर्ब ५३ करोड रुपैयाँ (३ करोड ९० लाख डलर) बराबरको सहायता रोक्ने निर्णय गरेको छ। एलन मस्कको नेतृत्वमा रहेको अमेरिका सरकारको दक्षता विभाग (डिओजीई) ले एक्समार्फत यो जानकारी दिएको हो।
संघीयता प्रवर्द्धनका लागि २ करोड डलर र जैविक विविधता संरक्षणका लागि १ करोड ९० लाख डलर रोकिएको छ। यो निर्णय अन्य देशका परियोजनाहरूमा समेत लागू भएको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशअनुसार सहायता कटौती भएको हो, जसले नेपालका विकास परियोजनाहरूमा असर पार्ने देखिन्छ।

प्रकाशित मिति : २०८१ फाल्गुन ४ गते आइतवार

