२०८३ भाद्र १७ गते बुधवार | 2026 September 2nd Wednesday

धरानमा पाथीभरा केबुलकारको समर्थन गरेपछि भयो यस्तो…

ताप्लेजुङको धार्मिक स्थल पाथीभरामा केबुलकार निर्माणको विरोध गर्दै आएको समूहले आइतबार धरानमा पदम चेन्जी माबोलाई मोसो दलेको छ।

केबुलकारको पक्षमा बोल्दा विरोधमा रहेको समूहले माबोलाई दुर्व्यवहार गर्दै मोसो दलेको हो। प्रहरीका अनुसार, माबो धरान उपमहानगरपालिका–९ स्थित एक होटलबाहिर दुर्व्यवहारको शिकार भएका थिए।

माबो कार्यक्रमका लागि धरान आएका थिए र उनलाई पहिचान पक्षधरले दुर्व्यवहार गरेपछि सुरक्षाको लागि प्रहरी कार्यालय धरानमा पुर्‍याइएको थियो।

अमर इजम लिम्बुका अनुसार, माबोले याक्थुङ चुम्लुङको कार्यक्रममा केबुलकार विरोधको पक्षमा गाली गरेको थियो र त्यसको लागि माफी मागेको थियो।

प्रकाशित मिति : २०८१ फाल्गुन ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस