२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

संसदमा राजासहितको प्रजातन्त्रको माग, जनआन्दोलनको चेतावनी

काठमाडौं। प्रतिनिधि सभामा राजासहितको प्रजातन्त्रको माग उठाइएको छ। कांग्रेस र एमालेको संविधान संशोधन प्रस्तावपछि राप्रपाका सांसद धवल शमसेर जबराले आकस्मिक वक्तव्य दिँदै नेपाललाई धर्म सापेक्ष राष्ट्र घोषणा नगरे जनताले आन्दोलन गर्ने चेतावनी दिएका छन्।

उनले जनआन्दोलन १ र २ का समयमा धर्मनिरपेक्ष राष्ट्रको निर्णयको आलोचना गर्दै यसको दोषीको छानबिन गर्नुपर्ने उल्लेख गरे। ९४ प्रतिशत ॐ कार परिवारको बसोबास भएको देशमा धर्मनिरपेक्षता नलागुुने दाबी गर्दै राजासहितको प्रजातन्त्रको माग गरेका छन्।

प्रकाशित मिति : २०८१ फाल्गुन ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस