२०८३ भाद्र १७ गते बुधवार | 2026 September 2nd Wednesday

मानवता हराएको समाज : दुई दिनपछि ट्याक्टरमा उठाइयो महिलाको शव

बैतडीका प्रकाश टेलर दमाईले आमा माना टेलरको शवलाई ५० किलोमिटर टाढा पाटन नगरपालिकाको तिपडा मसानघाटमा दाहसंस्कार गर्न ट्याक्टरमा राखेर लगेका छन्। ६१ वर्षीया मैनाको शनिबार बिहान निधन भएपछि गाउँमा मलामी जानको लागि अन्य मानिसहरू नभेटिएपछि ट्याक्टर बोलाउनु परेको हो।

प्रकाशले आफन्त र छिमेकीको सहयोगमा शवलाई मसानघाट पुर्‍याउन २५ हजार रुपैयाँमा ट्याक्टर बुक गरेको जानकारी दिएका छन्। गाउँमा एक्लो परिवार भएको कारण, दलित समुदायको शव बोकेर मलामी जानको प्रचलन नहुँदा, आफन्त र छिमेकी ज्ञानेन्द्र ऐरी लगायतका युवाले शव कुर्न सहयोग गरेका थिए। गाउँमा विश्वकर्मा लोहार, चुनारा, सार्कीलगायत दलित र अन्य गैर दलित समुदायका परिवार भए पनि दलितभित्रै जातीय विभेद भएकाले माना टेलरको शव उठ्न सकेको थिएन्।

प्रकाशको परिवार ४० वर्ष अघि पाटन नगरपालिका–४, बगाडी गाउँबाट सिगास गाउँपालिका–१, अङडेगाडामा बसोबास गर्न आएको थियो। अहिले गाउँमा मलामी जाने मानिस नभेटिन मुस्किल भएको स्थानीय वडाध्यक्ष रामचन्द्र ऐरीले जानकारी दिए।

प्रकाशित मिति : २०८१ फाल्गुन ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस