२०८३ भाद्र १७ गते बुधवार | 2026 September 2nd Wednesday

१२६ नेपाली विद्यार्थी नेपाल फर्किए, केआईआइटीबारे के छ गुनासो?

भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआईआइटी)मा अध्ययनरत १२६ जना नेपाली विद्यार्थी असुरक्षाको कारण नेपाल फर्किएका छन्। विद्यार्थीहरूले केआईआइटीका प्रशासनबाट धम्की र मानसिक यातनाको गुनासो गरेका छन्।

पर्साका प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले आज १०३ छात्र र २३ छात्रा नेपाल फर्किएको जानकारी दिए। विद्यार्थीहरूका अनुसार, केआईआइटीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको दुखद निधनपछि थप असुरक्षा महसुस गरिएको थियो।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले आज वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासदेखि घण्टाघर चोकसम्म विरोध प्रदर्शनी गरेको थियो। प्रदर्शनीमा सहभागी विद्यार्थीहरूले लम्सालको न्यायका लागि आवाज उठाएका थिए।

प्रकाशित मिति : २०८१ फाल्गुन ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस