२०८३ भाद्र १७ गते बुधवार | 2026 September 2nd Wednesday

नेपालको नामै किटेर ट्रम्पले दिएको बयानले विश्वभर चर्चा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई दिइने जैविक विविधता संरक्षण र वित्तीय संघीयता सहयोग रोक्ने कारण खुलाएका छन्। उनले उक्त रकमलाई ‘ठगी’ भएको भन्दै सहयोग रोकेको बताएका छन्।

२० जनवरी २०२५ मा दोस्रो पटक अमेरिकी सत्ता सम्हालेका ट्रम्पले ३९ मिलियन डलरको अनुदान स्थगित गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए। यसले नेपालमा जैविक विविधता संरक्षणका लागि १९ मिलियन डलर र वित्तीय संघीयताका लागि २० मिलियन डलरको रकम रोकिएको छ। ट्रम्पले फ्लोरिडास्थित मार-ए-लागोमा पत्रकार सम्मेलनका क्रममा भने, ‘यो फ्रड हो।’

‘नेपालको संघीयता सुदृढीकरणका लागि २ करोड डलर। यी तथ्याङ्कहरू सुन्नुहोस्। यो सबै ठगी हो। नेपालमा जैविक विविधता संरक्षणको लागि १९ मिलियन डलर।’

अमेरिकी सहयोग नियोग यूएसएडले नेपालमा सञ्चालित ६ परियोजना रद्द गरेको जानकारी पनि दिइएको छ। यसका साथै, अमेरिकी एमसीसी परियोजनाका कामको भुक्तानी पनि नेपालमा रोकिएको छ।

ट्रम्पले नेपालसहित भारत, मालदिभ्स, लाइबेरिया, माली र साउथ अफ्रिका लगायतका देशलाई दिइने सहयोग पनि रोकेको जानकारी दिएका छन्।

प्रकाशित मिति : २०८१ फाल्गुन ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस