२०८३ असोज २८ गते बुधवार | 2026 October 14th Wednesday

अन्तिम समयमा किन रोकियो देउवाको भारत भ्रमण?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भारत भ्रमण रद्द भएको छ। बिहीबार भारत जाने तय गरिएको कार्यक्रम अन्तिम समयमा स्थगित भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

भारतीय स्रोतका अनुसार कुनै उच्चस्तरीय भेटघाट नहुने भएपछि देउवाले भ्रमण स्थगित गरेका हुन्। इन्डिया फाउन्डेसनले नेपालका पूर्वप्रधानमन्त्री कुम्भ ग्लोबल समिट कार्यक्रममा आउने भन्दै प्रचार गरेको थियो। देउवा ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ मा वक्ताका रूपमा सहभागी हुने तयारीमा थिए।

प्रकाशित मिति : २०८१ फाल्गुन ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस