२०८३ भाद्र १७ गते बुधवार | 2026 September 2nd Wednesday

ताप्लेजुङमा झडप, १२ जना घाइते

काठमाडौं। ताप्लेजुङमा ‘नो केबुलरकार’ समूह र प्रहरीबीच भएको झडपमा १२ जना घाइते भएका छन्। यस झडपमा नेपाल प्रहरीका ६ सुरक्षाकर्मी, सशस्त्र प्रहरीका ५ र प्रदर्शनकारी १ गरी १२ जना घाइते भएका ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काले जानकारी दिइन्।

प्रदर्शनकारीले सुरुमा माइकिङ गर्दै पानीको फोहोरा हान्ने क्रममा झडप उत्पन्न भएको थियो। प्रदर्शन उग्र भएपछि सुरक्षाकर्मीहरुले अश्रु ग्यास र लाठी चार्ज गरेका थिए, जसको परिणामस्वरूप ५ राउण्डभन्दा बढी अश्रु ग्यास प्रहार भएको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : २०८१ फाल्गुन ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस