२०८३ भाद्र १७ गते बुधवार | 2026 September 2nd Wednesday

उदयपुरमा जन्ती बोकेको बस दुर्घटना

"One killed and 12 injured in a bus accident in Sindhuli."

उदयपुरको त्रियुगा नगरपालिका-७ जोगिटोलस्थित मदनभण्डारी राजमार्गमा जन्ती बोकेको बस र मिनिट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएका छन्।

प्रहरीका अनुसार बारा गढी गाउँपालिका-४ का ७० वर्षीय सिताराम धामीको उपचारका क्रममा न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको हो। दुर्घटनामा घाइते २० जनाको सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ भने पाँच जनाको अस्पतालमा उपचार भइरहेको छ।

बारा जिल्लाबाट जन्ती लिएर गाईघाट आउँदै गरेको बस (बाग्मती प्रदेश ०६-००१ ख ०१९५) र विपरीत दिशाबाट जाँदै गरेको मिनिट्रक (ना ८ ख २४०४) शुक्रबार बिहान २:३० बजे ठोक्किएको हो। दुवै सवारीका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस