२०८३ भाद्र १७ गते बुधवार | 2026 September 2nd Wednesday

प्रकृति मृत्यु : देखियो आन्दोलनको प्रभाव, केआइआइटीद्वारा विशेष घोषणा

काठमाडौं। ओडिसाको केआइआइटी विश्वविद्यालयले नेपाली विद्यार्थीका लागि विशेष छात्रवृत्ति दिने घोषणा गरेको छ। यो निर्णय त्यहाँ पढ्ने नेपाली छात्रा प्रकृति लम्सालको होस्टलमै मृत्यु भएपछि आएको हो।
केआइआइटीले प्रकृतिको मृत्युलाई ठूलो क्षति पुगेको भन्दै परिवारप्रति समवेदना व्यक्त गरेको छ। प्राध्यापक अच्युत सामन्तले प्रकृतिका बुबासँग भेटेर उनको इच्छाअनुसार छात्रवृत्ति सुरु गर्ने बताएका छन्। यो पहलले नेपाली विद्यार्थीलाई उच्च शिक्षा दिने केआइआइटीको भनाइ छ।
प्रकृतिको मृत्युपछि विश्वविद्यालयमा आन्दोलन भएको थियो, केही विद्यार्थीलाई निकालिएको थियो।

प्रकाशित मिति : २०८१ फाल्गुन ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस