काठमाडौँ। भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा पढ्ने १५९ नेपाली विद्यार्थी रक्सौल नाका हुँदै स्वदेश फर्किएका छन्। केआईटीमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको शङ्कास्पद मृत्युपछि उत्पन्न असुरक्षित परिस्थितिका कारण उनीहरू फर्किएका हुन्।
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले बिहीबार बेलुका १५९ विद्यार्थी स्वदेश आएको पुष्टि गरेका छन्। त्यही बेलुका वीरगञ्जमा युवाहरूले प्रकृति लम्साल र सिरहामा बलात्कारपछि ज्यान गुमाएकी रिन्कु सदाको न्यायका लागि मैनबत्ती जुलुस निकालेका थिए। उनीहरूले दुवैको अस्वाभाविक मृत्युको न्यायिक छानबिन हुनुपर्ने माग राखेका छन्।
प्रकाशित मिति : २०८१ फाल्गुन ९ गते शुक्रवार

