२०८३ भाद्र १७ गते बुधवार | 2026 September 2nd Wednesday

यी हुन् मन्त्रिपरिषद् बैठकका १५ महत्वपूर्ण निर्णयहरू (सूचीसहित)

काठमाडौं । सरकारले फागुन १२ गते बसेको मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलनमार्फत यी निर्णयहरू घोषणा गरेका हुन्।
मन्त्रिपरिषद्ले नेपाली सेनाको महासेनानी पदमा एक जना र सहायक रथी पदमा एक जनालाई बढुवा गरेको छ। साथै, एक जना महासेनानी, दुई जना सहायक रथी र एक जना उपरथीको पदावधि थप्ने निर्णय पनि गरेको छ।
यसैगरी, सरकारले कृषि तथा पशुपंक्षी विकास (पशुपंक्षी), भौतिक पूर्वाधार तथा यातायात, शिक्षा, विज्ञान तथा प्रविधि (शिक्षा) र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवहरूको वैदेशिक भ्रमण स्वीकृत गरेको छ। नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा, कञ्चनपुरलाई नियुक्त गरिएको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस