२०८३ भाद्र १७ गते बुधवार | 2026 September 2nd Wednesday

राष्ट्रपति पौडेलको पशुपतिनाथ दर्शन

महाशिवरात्रिको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले पशुपतिनाथ मन्दिरमा पूजाआराधना र दर्शन गरेका छन्। महाशिवरात्रिको अवसरमा राष्ट्राध्यक्षले पशुपतिनाथ मन्दिरमा पूजाआराधना र दर्शन गर्ने परम्परा रहेको छ। राष्ट्रपति पौडेल र उपराष्ट्रपति यादवको साथमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापासहित अन्य कोषका पदाधिकारी, कर्मचारी, महाशिवरात्रि मूल समारोह समितिका सदस्य, स्थानीय जनप्रतिनिधि र भक्तजनले स्वागत गरेका थिए। राष्ट्रपति पौडेलले पशुपतिनाथ मन्दिरभित्र परिक्रमा गर्दै पूजाआराधना र दर्शन गरेका थिए। उनलाई पशुपतिनाथका अर्चक गणेश भट्टले फूल र प्रसाद अर्पण गरेका थिए। उनका साथमा प्रथम महिला सविता पौडेल पनि थिइन्।

प्रकाशित मिति : २०८१ फाल्गुन १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस