काठमाडौं । नवलपरासी पश्चिममा एक जोडीले भागेर विवाह गरेको विवादमा मंगलबार भएको झडपपछि दुई पक्ष र प्रशासनबीच बिहीबार सहमति भएको छ।
प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले सहमति भएर शव बुझिसकिएको र दाहसंस्कार गरिएको बताए। ६ जना हिरासतमा छन्। सहमतिमा दोषीमाथि कारबाही, पीडितलाई राहत र शान्ति कायम गर्ने उल्लेख छ।
पालिनन्दन–३ बेलासपुरकी सहाना खातुन र डाक्टर धोबीको भागेर विवाहले दुई महिनादेखि विवाद थियो। मंगलबार झडपमा केटीका दाइको भ्यानले ठक्कर दिँदा विजय धवलको मृत्यु र वैद्यनाथ लौनिया घाइते भए। केटा पक्षले कवाडी पसल र प्रहरी भ्यानमा आगजनी गरेका थिए।
प्रकाशित मिति : २०८१ फाल्गुन १५ गते बिहिवार

