२०८३ भाद्र १७ गते बुधवार | 2026 September 2nd Wednesday

काठमाडौंको धोबीखोला करिडोरमा मृत फेला परेका पुरुष को हुन् ?

काठमाडौं । सुकेधारास्थित धोबीखोला करिडोर नजिक फोहोरले छोपिएको अवस्थामा शव भेटिएको छ। प्रारम्भिक जाँचमा शव लुकाउन पुरानो शौचालयमा फोहोरले ढाकिएको देखिएको अनुसन्धान अधिकृतले बताए।
बुधबार राति ओखलढुंगाको मानेभञ्ज्याङ–६ का ५० वर्षीय अड्विर राईको शव फेला परेको हो। प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी निरञ्जन थापाको टोलीले फोहोर हटाएर शव निकालेको थियो।
अनुसन्धान अधिकृतका अनुसार, टाउको, निधार र नाकमा धारिलो हतियारको चोट देखिएको छ। शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ। सीसीटीभी फुटेज र प्राविधिक पक्षको जाँच भइरहेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पनि अनुसन्धानमा संलग्न छ।
एसएसपी रमेश बस्नेतले पोष्टमार्टमपछि मृत्युको कारण खुल्ने बताए।

प्रकाशित मिति : २०८१ फाल्गुन १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस