२०८३ भाद्र १७ गते बुधवार | 2026 September 2nd Wednesday

नेपाल–जापान सम्बन्ध थप सुदृढ हुने प्रधानमन्त्रीको विश्वास

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो नेपाल–जापान फ्रेन्डसिप समिट–२०२५ का माध्यमबाट नेपाल र जापान बीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ। आज बालुवाटारमा जापानी टोली र नेपाली समन्वयकर्ताहरूसँगको भेटमा प्रधानमन्त्री ओलीले दुई देशका सम्बन्ध अब आयात–निर्यातको क्षेत्रमा पनि बढिरहेको उल्लेख गर्नुभयो।

प्रधानमन्त्री ओलीले भने, “नेपालका श्रमिकहरू जापानमा रोजगारीका लागि गएका छन् र नेपालका फापर र गोल्डेन ट्राउड जापानबाट आयात गरिएको छ। हाम्रो मित्रता साकुराजस्तै लटरम्म बढ्दै गएको छ।” उनले शान्तिका माध्यमबाट विकासको महत्व र जापानको उदाहरण प्रस्तुत गर्दै विश्वभर शान्तिको कामना पनि गर्नुभयो।

समिट १४ देखि १६ फागुनसम्म आयोजना हुनेछ, जुन लिडएक्स नेपाल र फोर्थ ल्भीको आयोजनामा हुने हो।

प्रकाशित मिति : २०८१ फाल्गुन १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस