२०८३ जेष्ठ ६ गते बुधवार | 2026 May 20th Wednesday

पवित्र गंगास्नानबाट फर्किएकामा लुतो फैलियो

काठमाडौं । प्रयागराजको महाकुम्भ मेलाबाट फर्किएका तीर्थयात्रीहरूमा छालासम्बन्धी गम्भीर समस्या देखिएको छ। राँचीका छाला रोग विशेषज्ञहरूले चिलाउने, रातो दाग, र्‍यास र ढुसी संक्रमण बढेको बताएका छन्। केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड र राष्ट्रिय हरित अधिकरणको प्रतिवेदनले गंगा र यमुना नदीको पानी अत्यधिक प्रदूषित रहेको पुष्टि गरेसँगै यस्ता बिरामीको संख्या राँचीमा ह्वात्तै बढेको छ।
लक्ष्मी क्लिनिकका डा. यशवन्त लालले भने, ‘ढुसीजन्य छाला संक्रमणका बिरामी निकै बढेका छन्। यो मेलाको अस्वस्थ वातावरण, भिजेको कपडा र साझा शौचालय प्रयोगले भएको हो।’ राँचीका ५७ वर्षीय रञ्जीत कुमारले पनि मेलापछि चिलाउने र रातो दागको समस्या भोगिरहेको बताए।
चिकित्सकहरूले भीड, आर्द्रता, सरसफाइ अभाव र दूषित पानीमा स्नानलाई लुतोजस्ता संक्रमणको कारण ठानेका छन्। गंगाको प्रदूषण नै प्रमुख जिम्मेवार रहेको उनीहरूको निष्कर्ष छ।

प्रकाशित मिति : २०८१ फाल्गुन १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस