२०८३ असार १५ गते सोमवार | 2026 June 29th Monday

क्यानडाले रुसी तेल ट्याङ्कर र जहाजहरूमा लगायो नयाँ प्रतिबन्ध

Canada Imposes New Sanctions on Russian Oil Tankers and Ships

एजेन्सी । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले रुसी तेल ट्याङ्कर र जहाजहरूमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्।

सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एउटा पोस्टमार्फत उनले यो प्रतिबन्धको घोषणा गरेका हुन्।

‘रुसले तेलबाट कमाएको पैसाले युक्रेनमा आफ्नो युद्धलाई आर्थिक सहयोग गरिरहेको छ। अन्तर्राष्ट्रिय प्रतिबन्धहरूबाट बच्न रुसले अवैध रूपमा जहाजहरू मार्फत विश्वभर आफ्नो तेल ढुवानी गरिरहेको छ।’पोस्टमा ट्रुडोले लेखेका छन्। आफूले किभमा रहेका १०९ रुसी तेल ट्याङ्कर र जहाजहरूमा नयाँ प्रतिबन्धहरूको घोषणा गरेको पोस्टमा उनले भनेका छन्।

‘स्थायी शान्तिको लडाई एक्लै जित्न सकिँदैन। त्यसैले हामी यहाँ (युक्रेन) छौँ। मैले कीभमा राष्ट्रपति जेलेन्स्कीसँग कुरा गरेँ र भनेँ कि क्यानडा सधैँ युक्रेनको साथमा उभिनेछ।’ हालै किभ भ्रमणमा गएको सन्दर्भमा उनले भनेका थिए। युक्रेनमा शान्ति स्थापना गर्न र सार्वभौमसत्ता कायम राख्न क्यानडाबाट नयाँ सैन्य सहयोग प्रदान गर्ने बारेमा कुरा गरेको पनि उनले बताए।

 

प्रकाशित मिति : २०८१ फाल्गुन १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस