काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईसँगको सम्झौता नवीकरण नगर्ने निर्णय गरेको छ। क्यानका प्रवक्ता छुम्बी लामाले देशाईको दुई वर्षे कार्यकाल सकिएको र नयाँ सम्झौता नगर्ने जानकारी दिएका छन्।
देशाईको प्रशिक्षणमा नेपालले एक दिवसीय मान्यता बचाउनेदेखि एसिया कप र विश्वकप खेल्नेसम्मका उपलब्धि हासिल गरेको क्यानले जनाएको छ। भारत र पाकिस्तानजस्ता टिमसँग खेल्ने अवसरसमेत उनले दिलाएको भन्दै क्यानले प्रशंसा गरेको छ। साथै, उनको ‘वान बल ब्याटल’ र ‘ह्याप्पी ड्रेसिङ रूम’ अवधारणाको पनि तारिफ गरिएको छ।

प्रकाशित मिति : २०८१ माघ १९ गते शनिवार

