२०८३ जेष्ठ ११ गते सोमवार | 2026 May 25th Monday

जापानले निष्कासन गरेका चार नेपाली को हुन्, किन फर्काइयो ?

Bayu Seva Nigam's widebody has arrived in Kathmandu, preparing to continue the flight to Japan

काठमाडौं । जापानको अध्यागमनले चार नेपालीलाई निष्कासन गरेको छ। गैरकानूनी रूपमा जापानमा बस्दै आएका उनीहरूलाई निष्कासन गरिएको हो।

निष्कासनमा पर्नेमा विष्ट, राजभाट, बस्याल र पौडेल थरी रहेको स्रोतले बताएको छ। उनीहरूलाई कोरियन एयरलायन्स र थाइ एयरलायन्सको विमानबाट नेपाल फर्काइएको हो। उनीहरू यसै साता काठमाडौं आइपुगेको स्रोतको भनाइ छ। जापानको अध्यागमन कानून उल्लंघन गरेको आरोपमा उनीहरूलाई निष्कासन गरिएको हो।

पछिल्लो समय जापानले पनि अवैधरूपमा बसेका आप्रवासीहरूमाथि कडाइ गर्न थालेको छ। विभिन्न प्रवेशाज्ञामा जापान पुगेका आप्रवासीहरूलाई कडाइ गर्न थालेपछि नेपालीहरू समेत त्यसको मारमा पर्न थालेका हुन्। फागुनको पहिलो साता पनि पाँच जना नेपालीलाई जापानले निष्कासन गरेको थियो। निष्कासित हुनेमा मगर, थापामगर, तामाङ, गौचन र चेम्जोङ थर भएका एकरएक जना रहेका थिए।

 

 

प्रकाशित मिति : २०८१ फाल्गुन १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस