काठमाडौं । पबित्रा शांकी [मिस पवि] उदाउँदो नेपाली कलाकार हुन् । टिकटक हुँदै उनले अभिनय र मोलिङमा आफूलाई व्यस्त राख्न सफल भएकी छिन् । कमेडी दरबार नामक रियालिटी शोमा समेत उनले दमदार प्रस्तुती दिँदै आएकी छिन् ।
गायिका एलिन चौहानसँग सम्बन्ध विच्छेद भएपछि उनका पूर्व पति विष्णु सापकोटाको सम्बन्ध उनै मिस पबि अर्थात सँग रहेको फ्यानहरुले आँकलन गर्दै ट्रोल गरिरहेका हुन्छन् । यसै सन्दर्भमा सोधिएको प्रश्नमा मिस पबिले उनीसँगको सम्बन्ध एक प्रतिशतपनि हैन भनेकी छिन् ।
सिड्नीमा गएका बेला विष्णुले उनको मायालु फर्निचरको पेड प्रमोशनका लागि बोलाएको र आफू गएर त्यहाँ फोटो सूट गरेको उनले बताएकी छिन् । त्यही भिडियोलाई लिएर त्यस्तो आँकलन गरिएको हो भने मेरा फ्यानहरुलाई जानकारी होस् तपाईहरुले सोचेजस्तो एक प्रतिशतपनि हैन उनले भनिन् । उनले हाँस्य टेलिश्रृंखला ‘ख्याल ठट्टा’ मापनि अभिनय गरेकी छिन् ।

