काठमाडौँ । हाल (शुक्रबार बिहान) सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा साधारणतयादेखि अधिकांश बदली (आकाशमा बादल) देशका बाँकी स्थानमा आंशिकदेखि साधारणतया बदली छ भने सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशमा गएरातिदेखि पानी परिरहेको हो। ‘यतिबेला सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानमा अहिले मेघगर्जन/चट्याङसहित वर्षा भइरहेको छ’, उनले भनिन्।
मौसम महाशाखाले आज शुक्रबार देशका धेरै स्थानमा पानी पर्ने प्रक्षेपण गरेको छ। मौसमविद् कँडेलका अनुसार आज काठमाडौँ उपत्यकामा पनि हल्का वर्षाको सम्भवना छ।
काठमाडौँको मौसम पनि बिहानैदेखि धुम्म भएको छ। ‘दिउँसो काठमाडौँ उपत्यकामा पनि हल्का वर्षा हुने सम्भावना छ’, मौसमविद् कँडेलले भनिन्।

