२०८३ भाद्र १७ गते बुधवार | 2026 September 2nd Wednesday

दक्षिण कोरियाका लागि नेपाली राजदूतमाथि गम्भीर आरोपको वर्षा (विज्ञप्तिसहित)

विपिन कुमार गुरुङको नेतृत्वमा रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) दक्षिण कोरियाले नेपाली राजदूत शिवमाया तुम्बाहाङ्फेप्रति गम्भीर आरोप लगाएको छ। गुरुङ र महासचिव प्रशान्त राज बानियाँले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि, राजदूतले एनआरएनएका आफ्ना कार्यक्रमहरूमा अनुपस्थित भएर अर्को पक्षको कार्यक्रममा भाग लिएका छन्।

एनआरएनएले केही समयअघि ‘बुद्ध वाज बर्न इन नेपाल’ कार्यक्रम आयोजना गर्दा राजदूतलाई निम्त्याइए पनि उनले उपस्थित नभएर अर्को पक्षको कार्यक्रममा भाग लिए। यसले गुरुङ पक्षलाई असन्तुष्टि र दुःख पुर्याएको छ। विज्ञप्तिमा भनिएको छ, “देशको प्रतिनिधित्व गर्ने राजदूत ऐतिहासिक कार्यक्रममा अनुपस्थित हुँदा हामीलाई गहिरो दुःख लागेको थियो।”

गुरुङ पक्षले राजदूतको एकपक्षीय र पूर्वाग्रही व्यवहारको विरोध गर्दै चेतावनी दिएका छन्। उनीहरूले राजदूतावासको भूमिका पुनरावलोकन गरी एकता र सहकार्यको लागि सशक्त आह्वान गर्नुपर्ने बताए।

प्रकाशित मिति : २०८१ फाल्गुन १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस