२०८३ भाद्र १७ गते बुधवार | 2026 September 2nd Wednesday

सरकार र ग्यास उद्योगीबीच भएको ५ बुँदे सहमतिमा के छ (पत्रसहित)

काठमाडौं। ग्यास उद्योगी र सरकार बीचको ५ बुँदे सहमति मंगलवार सम्पन्न भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीका नेतृत्वमा सरकारी टोली र नेपाल एलपी ग्यास उद्योग संघका प्रतिनिधिहरूसँग भएको छलफलपछि यो सहमति भएको हो। यस सहमतिसँगै ग्यास उद्योगीहरूले आफ्नो आन्दोलन स्थगित गरेका छन्।

सहमतिको मुख्य बुँदा अनुसार, ग्यास सिलिन्डरको मूल्यमा प्रति सिलिन्डर रु. १२.७५ को वृद्धि गरिनेछ। यो वृद्धि ढुवानी भाडा, आन्तरिक ढुवानी खर्च, सञ्चालन खर्च र प्रशासनिक खर्चलाई समायोजन गरी गरिएको हो। यसका साथै, ग्यास उद्योगीको मुनाफा प्रतिशतको बारेमा पनि समन्वय गरेर निर्णय लिन उपसमिति गठन गर्ने सहमति भएको छ।

सरकार र ग्यास उद्योगीबीचको सहमति अनुसार निगमले सम्बोधन गर्न सक्ने मागहरू सम्बोधन गर्नेछ भने अन्य मागहरू गृहकार्य गरेर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पेश गरिने छन्। सहमतिमा आइपुगेका उद्योगीहरूले अब नियमित रूपमा ग्यास आपूर्ति गर्नेछन्।

यस सहमतिको परिणामस्वरूप, ग्यास आपूर्ति बजारमा सहज हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस