२०८३ भाद्र १७ गते बुधवार | 2026 September 2nd Wednesday

ललिता निवास प्रकरण : ११० प्रतिवादीविरुद्ध अख्तियारको सर्वोच्चमा पुनरावेदन दर्ता

ललिता निवास जग्गा प्रकरणमा दोषी ठहर भएका व्यक्तिलाई बढी सजाय र सफाइ पाएका व्यक्तिलाई दोषी ठहर गर्नुपर्ने मागसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गराएको छ। अख्तियारले ललिता निवास प्रकरणका ११० जना प्रतिवादीलाई सर्वोच्च अदालतमा पुनरावेदन दिएको हो।

अख्तियारको माग अनुसार, ६५ जनाको जग्गा जफत गर्नुपर्ने पनि छ। विशेष अदालतको फैसलामा त्रुटि भएको दाबी गर्दै, विभिन्न व्यक्तिहरूलाई प्रतिवादी बनाइएको छ, जसमा प्रमुख नेताहरू र पूर्वमन्त्री विजयकुमार गच्छदार पनि समावेश छन्। विशेष अदालतले गच्छदारलाई सफाइ दिएको थियो।

सर्वोच्च अदालतमा दर्ता गरिएका पुनरावेदनमा अधिकतम सजाय र जग्गा जफतको माग गरिएको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस