काठमाडौं। खैरो हेरोइनसहित चार जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ। ३४ ग्राम हेरोइनसहित काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित पेट्रोलपम्प नजिकैबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेहरूमा धादिङको गल्छी गाउँपालिका–८ का २२ वर्षीय समीर रोका, निलकण्ठ गाउँपालिका–११ का २७ वर्षीय अनुप घिमिरे, नुवाकोटका २७ वर्षीय विक्रम तामाङ, र काठमाडौंका ३७ वर्षीय रोमश्वर अधिकारी छन्।
सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्यूरोको टोलीले उनीहरूलाई मोटरसाइकल र क्रेटा गाडी (बा १५ च १७७३)सहित पक्राउ गरेको हो। उनीहरू हेरोइन बोकेर हिँडिरहेको अवस्थामा पक्राउ परेका थिए।
प्रकाशित मिति : २०८१ फाल्गुन २० गते मङ्गलवार

