२०८३ भाद्र १६ गते मङ्गलवार | 2026 September 1st Tuesday

कारबाहीको माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

काठमाडौं। जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिएका स्थानीय तहका सरकारविरुद्ध निवेदन परेको छ। स्थानीय तहका प्रमुख र वडाध्यक्षहरूलाई कारबाही गर्नुपर्ने माग राख्दै सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ। १ फागुनमा जनयुद्ध दिवसको नाममा बिदा दिएर उनीहरूले अदालतको आदेशको उल्लंघन गरेको दाबी गरिएको छ।

अधिवक्ता ज्ञानेन्द्र आरण र नेपाली कांग्रेसका नेताहरू कुलबहादुर गुरुङ, विनयध्वज चन्दलगायतले छुट्टाछुट्टै निवेदन दर्ता गरेका हुन्। उनीहरूले १ फागुनको बिदा दिनेहरुलाई अवहेलनाको कारबाही गर्नुपर्ने माग गरेका छन्।

निवेदनमा उल्लेख गरिएको छ कि ४५ वटा स्थानीय तह र एउटा वडाले जनयुद्ध दिवसको नाममा बिदा दिएका थिए। यसमा रोल्पा, माडी, सोलुखुम्बु, रुकुम, काभ्रेको विभिन्न गाउँपालिकाका प्रमुखहरूलाई विपक्षी बनाइएको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस