२०८३ भाद्र १६ गते मङ्गलवार | 2026 September 1st Tuesday

प्रमुख प्रशासकीय अधिकृत विवाद: बालेनलाई केन्द्र सरकारको पत्र (पत्रसहित)

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत सरोज प्रसाद गुरागाईंलाई काम गर्ने वातावरण सुनिश्चित गर्न आग्रह गर्दै काठमाडौं महानगरपालिकालाई पत्राचार गरेको छ।

गुरागाईंले गत पुस ८ गतेदेखि कार्यालयमा हाजिर गर्न नपाएको भन्दै मन्त्रालयमा लिखित गुनासो दिएका थिए। उनका अनुसार मेयर बालेन्द्र शाहले उनको कार्यकक्षमा ताला लगाई काम गर्न रोक्नुका साथै झुटा आरोपहरू लगाएका छन्।

मन्त्रालयले बुधबार पत्राचार गर्दै गुरागाईंलाई काममा फर्काउने व्यवस्था मिलाउन आग्रह गरेको हो। समृद्धि आयोजनाका प्रमुखका रूपमा कार्यरत गुरागाईंलाई मन्त्रालयले भदौ २७ गते काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाएको थियो।

प्रकाशित मिति : २०८१ फाल्गुन २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस