काठमाडौं। आइतबार काठमाडौंमा पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा भएको प्रदर्शनले विश्वभरका मिडियाको ध्यान तानेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब १०,००० समर्थकले पूर्वराजालाई स्वागत गर्दै राजतन्त्र पुनर्स्थापना र हिन्दु राष्ट्रको माग गरे। “राजा आऊ, देश बचाऊ” जस्ता नारासहितको यो प्रदर्शन विश्व मञ्चमा चर्चाको विषय बनेको छ।
अन्तर्राष्ट्रिय मिडियाले यसलाई नेपालको राजनीतिक संकटको संकेत मानेका छन्। सिएनएनले “१९ वर्षअघि हटाइएका राजालाई फर्काउन चाहनेको भीड” भनेको छ भने अल जजीराले “राजतन्त्रको पुनर्जननको प्रयास” का रूपमा व्याख्या गरेको छ। टाइम्स अफ इन्डिया र द इन्डियन एक्सप्रेसले “स्थानीय सरकारको असफलताले राजावादी आन्दोलनलाई बल दिएको” उल्लेख गरेका छन्। स्थानीय मिडियाले भने मिश्रित प्रतिक्रिया दिएका छन्।

प्रकाशित मिति : २०८१ फाल्गुन २६ गते सोमवार

