२०८३ भाद्र १६ गते मङ्गलवार | 2026 September 1st Tuesday

पूर्वराजाको र्‍यालीमा योगीको पोस्टर बोक्ने राणा कहाँ छन्? भारतीय मिडियामा सनसनीपूर्ण खुलासा

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत र्‍यालीमा योगी आदित्यनाथको फोटो बोकेका प्रदीपविक्रम राणा भारतको गोरखपुर पुगेका छन्। उनले भारतीय सञ्चारमाध्यम ‘नवभारत टाइम्स’सँग कुरा गर्दै आफूलाई नेपाल प्रहरीले खोजी गरिरहेको र पक्राउ गर्न प्रहरी परिचालन गरिएकाले भारतमा शरण लिनुपरेको बताएका छन्।

५८ वर्षीय राणा मंगलबार नेपालबाट भागेर उत्तर प्रदेशको गोरखपुर आइपुगेका थिए। उनले आरोप लगाए कि नेपालको वर्तमान सरकारविरुद्ध भारत सरकार र योगी आदित्यनाथसँग मिलेर षड्यन्त्र रचिएको छ।

राणाले पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा योगी आदित्यनाथको पोस्टर बोकेको र हिन्दु राष्ट्रको पक्षमा संघर्ष गर्दै नेपालमा राजतन्त्र पुनः स्थापना गर्ने लडाइँ जारी राख्ने बताएका छन्।

प्रकाशित मिति : २०८१ फाल्गुन २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस