२०८३ भाद्र १६ गते मङ्गलवार | 2026 September 1st Tuesday

काठमाडौंमा होली : ३ सयभन्दा बढी स्थानमा दुई हजार प्रहरी खटिए

काठमाडौं । काठमाडौं उपत्यका र अन्य पहाडी क्षेत्रमा बिहीबार रङको पर्व होली उल्लासपूर्वक मनाइँदै छ। उपत्यका प्रहरी कार्यालयले १ सय २१ स्थानमा सुरक्षा योजना लागू गर्दै चेकजाँच सुरु गरेको छ।

एसएसपी शेखर खनालका अनुसार, काठमाडौँ, भक्तपुर र ललितपुरमा ट्राफिक र स्थानीय प्रहरी १५५ स्थानमा पिकेट ड्युटीमा खटिएका छन्। मादक पदार्थ सेवन गरेर सवारी चलाउने, लागुपदार्थ प्रयोग गर्ने चालकलाई परीक्षण गरेर कानुनी कारबाही गरिने छ।

सादा पोसाकका प्रहरी र ड्रोन क्यामेराले अवाञ्छित गतिविधि निगरानी गर्नेछन्। जबर्जस्ती रङ दल्ने, लोला हान्ने र अभद्र व्यवहार गर्ने व्यक्तिहरूलाई पक्राउ गरेर कारबाही गरिने एसएसपी अधिकारीले बताएका छन्।

होलीको सुरक्षाका लागी काठमाडौं जिल्लामा मात्रै २ हजार भन्दाबढी प्रहरी परिचालन हुनेछन् । काठमाडौंको ३ सयभन्दा बढी स्थानमा प्रहरीको उपस्थिति रहने जिल्ला प्रहरी परिसरले जानकारी दिएको छ।

एसएसपी अधिकारीले होली खेल्न नचाहनेलाई जबर्जस्ती रङ दल्नेलाई १०० नम्बरमा फोन गरेर सूचित गर्न अनुरोध गरेका छन्।

प्रकाशित मिति : २०८१ फाल्गुन २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस