काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका ज्योतिषी सुरेशचन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई आगामी चैत १५ गतेपछि महाखड्गोको सामना गर्नुपर्ने चेतावनी दिएका छन्। उनले आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँगको संवादमा यस्तो भविष्यवाणी गरेका हुन्।
उनका अनुसार, चैत १५ गतेपछि ओलीको सरकारका लागि कष्टको महाकष्ट हुनेछ, र यो ग्रहयोगले सरकारलाई कठिन समयमा पुर्याउनेछ। रिजालले भने, ‘चैत १५ गतेपछि केपी शर्मा ओलीको जुन ग्रहयोग बनिरहेको छ, त्यसले महाखड्गोको योग बनाएको छ। यदि यस्तो स्थिति रह्यो भने, यसले निकायको अवस्था सुधार्न सक्ने छैन।’
यसका साथै, उनले वर्तमान गणतन्त्रको समयलाई नकारात्मक रूपमा हेरिरहेका छन् र आगामी समयलाई चुनौतीपूर्ण भनेका छन्। ‘गणतन्त्रको अवस्था अहिले खराब छ। जनताले जतिसुकै राम्रो गर्न खोजेपनि, त्यसले राम्रो परिणाम दिन गाह्रो हुनेछ,’ उनले थपे।
रिजालका अनुसार, समयको माग अनुसार दलहरूले अझै सुधार गर्ने आवश्यकता छ।

