काठमाडौं । धनुषामा भएको बस दुर्घटनामा २० भन्दा बढी यात्रु घाइते भएका छन्। जनकपुरधामबाट सिरहाको लहान जाँदै गरेको ना ५ ख १४४१ नम्बरको बस पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाधाम नगरपालिकाको मालटोल नजिक पल्टिएको हो।
इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक जटाशंकर यादवका अनुसार घाइतेहरूलाई ६ वटा एम्बुलेन्समार्फत अस्पताल पुर्याइएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ।
बसमा अधिकांश १५ दिने मिथिला मध्यमा परिक्रमामा सहभागी भएर फर्किरहेका यात्रु रहेको जनाइएको छ।
प्रकाशित मिति : २०८१ फाल्गुन ३० गते शुक्रवार

