२०८३ भाद्र १६ गते मङ्गलवार | 2026 September 1st Tuesday

काठमाडौं तीनकुनेमा बिहानै डरलाग्दो दुर्घटना : दुई जनाको मृत्यु, चालक फरार

"One killed and 12 injured in a bus accident in Sindhuli."

काठमाडौं । काठमाडौंको तीनकुनेस्थित गैरीगाउँमा आज बिहान भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन्। रा १ ख २६२२ नम्बरको टिपरले प्र ३-०२-००३ प ६२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा काभ्रेको पनौती नगरपालिका-११ का सुकराम तामाङ र बेथानचोक गाउँपालिका-६ का रमेश तामाङको मृत्यु भएको हो।

बिहान साढे ४ बजे पेट्रोल पम्प अगाडि भएको दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई उद्धार गरी ट्रमा सेन्टर पुर्याइएको थियो। उपचारकै क्रममा बिहान उनीहरूको मृत्यु भएको प्रहरी वृत्त बानेश्वरले जनाएको छ। घटनापछि ठक्कर दिने टिपरका चालक फरार रहेका छन् भने टिपर मालिक प्रहरी सम्पर्कमा आएको जनाएको छ। प्रहरी फरार चालकको खोजी गरिरहेको छ।

प्रकाशित मिति : २०८१ चैत्र १ गते शनिवार
प्रतिक्रिया दिनुहोस